रामेछाप,३० कात्तिक । रामेछाप उद्योग वाणिज्य संघको अध्यक्षमा श्याम थापा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । अध्यक्षसंगै अन्य पदाधिकारी र सदस्य समेत सर्वसम्मत भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ट उपाध्यक्षमा केशव प्रसाद घिमिरे, वाणिज्य तर्फको उपाध्यक्षमा नवीन थापा मगर र उद्योग तर्फको उपाध्यक्षमा बिरेन्द्र कुमार कर्माचार्य निर्वाचित भएका छन् । महासचिवमा जगन्नाथ दाहाल, सचिवमा नवराज ढुंगेल र कोषाध्यक्षमा कुमारराज सुवेदी छानिएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा बलराम श्रेष्ठ, पवन कुमार कठायत, प्रमोद श्रेष्ठ, आकाश रिजाल, भिमशेन थापा र सुमिका श्रेष्ठ छानिएका छन् ।
संघको निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन सोमबार सबै पदमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि निर्वाचन समितिले निर्विरोध भएको घोषणा गरेको थियो ।
















प्रतिक्रिया