काठमाडौं, ३० कात्तिक । नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले अस्वीकार गरेको छ ।
यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू) कागजको खोस्टासरह भएको छ ।
भारतीय सरकारले ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले नेपालसँग भएका ती दरका नोट साट्ने व्यवस्था गर्न आरबिआईसमक्ष पत्राचार गरेको थियो ।
आरबिआईले जवाफमा सटही सुविधा दिने अधिकार आफूसँग नभएको बताएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार आरबिआईले राष्ट्र बैंकको पत्रको जवाफ दिदैं नेपालसँग रहेको भारुको सटही सुविधा दिने–नदिने निर्णय भारतीय सरकारको हातमा मात्र रहेको बताएको छ ।














प्रतिक्रिया