काठमाडौँ, २९ कात्तिक । सिंहदरबार अगाडि ‘सफा टेम्पो’पल्टँदा १२ यात्रु घाइते भएका छन् ।
सुन्धाराबाट बालकुमारीतर्फ गइरहेको बा १ ह ३७९८ नं को सफा टेम्पो अपराह्न ३ बजे पल्टेको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर देखिएको घटनाका प्रत्यक्षदर्शी दिव्य सुवेदीले बताउनुभयो ।

घाइतेको वीर अस्पताल र काठमाडौँ मोडेल अस्पतालमा उपचार भइरहेको वृत्तका प्रहरी हवल्दार तेजबहादुर गुरुङले बताउनुभयो ।
सामान्य घाइते भएका टेम्पोका चालक तुलबहादुर श्रेठलाई वृत्त सिंहदरबारमा राखी घटनाको अनुसन्धान भइरहेको छ । रासस













प्रतिक्रिया