धनगढी, २९ कात्तिक । सुदूरपश्चिममा नुनको अभाव नभएपनि कार्यालय र डिपोमा नुन लिने आउनेको संख्यामा ह्वातै बृद्धि आएको छ ।
बजारमा नु्नको अभावको गलत प्रचार हुन लागेपछि साल्ट ट्रेडिंग क्षेत्रिय कार्यालय र डिपो कार्यालयमा दुई दिन यता नौ गुणाले नुनको विक्री वितरणमा बृद्धि आएको क्षेत्रिय कार्यालयले जनाएको छ ।
क्षेत्रीय कार्यालयले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्षेत्रिय कार्यालय र डिपो कार्यालयमा सात महिनासम्म नुन अभाव नहुने गरि नुन स्टक रहेकाले स्थानिय उपभोक्ता र सर्वसाधारणहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
अहिले नुन किन्न आउनेको संख्यामा बृद्धि एक्कासी बृद्धि आएको क्षेत्रिय कार्यालयका सहायक महाप्रवन्धक केशवप्रसाद पाण्डेले जानकारी दिए । ‘१७ वर्षको अवधिमा यस्तो दृष्य कहिले देखिएन,’ उनले भने– ‘तर, दुई चार दिन यता गलत प्रचारका कारण नुन लिन आउनेको संख्या नौ गुणाले वृद्धि आएको छ ।’ उनले साल्ट ट्रेडिंग क्षेत्रिय कार्यालय धनगढीले विगतमा दैनिक दुई सय बोरामात्र नुन विक्री वितरण गर्दै आएको थियो तर, आईतबार धनगढी क्षेत्रमा मात्र नौ सय र सोमबार १८ सय बोरा नुन फुटकर विक्री भएको छ । त्यसैगरी महेन्द्रनगर उपशाखाबाट पाँच सय ११, टीकापुरमा १८ सय ९५, डडेल्धुरामा एक सय ८०, दिपायल (डोटी)मा दुई सय ९५, बैतडीमा दुई सय ७० क्विन्टल विक्री भएको जनाईएको छ ।
नुनको अभाव नहुन दिन कञ्चनपुरमा दुई हजार एक सय ६०, टीकापुरमा तीन हजार १०, दिपायलमा पाँच सय ९०, बैतडीमा पाँच सय ४० र डडेल्धुरामा एक सय ६० बोरा नुन पठाईएको जनाईएको छ ।
क्षेत्रिय कार्यालयका सहायक महाप्रवन्धक पाण्डेका अनुसार महेन्द्रनगर डिपोमा पनि नुनको कारोबारमा बृद्धि आएको बताउँदै महेन्द्रनगरले दैनिक पाँच सय बोरा नुन विक्री वितरण गर्दै आएको थियो तर, आईतबारमात्र नौ सय बोरा नुन विक्री वितरण गरेको छ । उनले सुदू्रपश्चिमका १३ वटै डिपोमा नुन लिन आउनेको संख्यामा बृद्धि आएको जानकारी दिए ।
दुईचार दिनदेखि कैलाली लगायत सुदूरपश्चिमका बजारमा नुनको अभाव हुँदैछ भन्ने व्यापक हल्ला फैलाइएकोले साल्ट ट्रेडिंगमा नुनको कारोबारमा ह्वातै बृद्धि आएको उनले जानकारी दिए । भारतमा पाँच सय र एक हजारका नोटमा त्यहाको सरकारले प्रतिबन्ध लगाएको लगत्तै नेपालसंग सिमा जोडिएका भारतीय बजारमा पनि नुन अभाव हुँदैछ भन्ने हल्ला फैलाइएको हो । अहिले बजारमा नुनको मूल्य प्रति पाकेट २० रुपैयाँ छ, तर, केही पसलेले उनले महंगोमा नुन बिक्री गरिरहेका छन् ।
साल्ट टे«डिङले सुदूरपश्चिमका लागि कम्तिमा सात महिनालाई पुग्ने नुनको मौज्दात रहेको जनाएको छ । साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पाण्डेले भने– यस क्षेत्रमा नुनको अभाव छै्रन, क्षेत्रीय तथा डिपो कार्यालयहरूमा माग अनुसारको नुनको मौज्दात रहेको छ ।
उनले नुनको अभाव भएको भ्रामक हल्ला फैलाएर बढी मूल्यमा नुन बिक्री गर्ने पसलेबारे तत्काल प्रहरी, स्थानीय प्रशासन तथा साल्ट ट्रेडिङलाई सूचना गर्न पनि अनुरोध गरे ।
धनगढी, महेन्द्रनगर लगायतका केही बजारमा केही दिनदेखि नुनको अभाव भएको गलत हल्ला फैलिएको छ । सहायक महाप्रबन्धक पाण्डेका अनुसार नुन अभावको हल्ला कञ्चनपुरबाट शुरु भएको हो । उनले भने- कञ्चनपुरको दोधारा चा“दनीका उपभोक्ता प्रायः भारतबाट नुन अरिद गर्दछन्, अहिले भारतमा नुनको अभाव भएपछि त्यहाका उपभोक्ता नुन किन्न महेन्द्रनगर बजार आएपछि पसलेले नुन अभावको हल्ला फैलाएको पाइएको छ ।
साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय, धनगढीका अनुसार अहिले क्षेत्रीय कार्यालयको गोदाममा एक लाख क्विन्टल र १३ वटा डिपो कार्यालयहरूमा गरी २० हजार क्विन्टल नुन स्टक रहेको छ ।
त्यस्तै, अछाम छ सय ८१ कुण्टल, बाजुराको मार्तडीमा चार सय ५७ र कोल्टीमा दुई हजार आठ सय ३५ कुण्टल पठाईएको छ । त्यस्तै, बझांगमा तीन हजार पाँच सय ६४ र तल्कोटमा एक सय ३८ र दार्चुलामा छ सय १८ क्विन्टल स्टक रहेको छ भने भारतबाट ११ हजार टन नुन समेत आईरहेको छ ।
अहिले साल्ट ट्रेडिंगमा २७ हजार क्विन्टल प्याकिंग गरेको आयो नुन स्टक रहेको छ भने दैनिक पाँच सय क्विन्टल उत्पादन क्षमता रहेको छ ।
सुदूरपश्चिमका सबै नौ जिल्लामा गरी वार्षिक एक लाख ६० हजार क्विन्टल नुन खपत हुने गरेको छ । सहायक महाप्रबन्धक पाण्डेले आगामी सात महिनाका लागि पर्याप्त स्टक भएकोले नुन अभावको गलत हल्लामा नलाग्न आग्रह गरे ।
उनले कुनै व्यापारीले नुनमा कालोबजारी गरिरहेको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताए । व्यापारीहरुले नुनमा कालोबजारी गरेको पाईएमा ऐन अनुसार २५ हजार जरिवाना सहित दुई वर्ष कैद हुने व्यवस्था गरिएको छ ।













प्रतिक्रिया