१ कार्तिक २०८३, शनिबार

‘बीएमडब्ल्यू’ले ल्याउने भयो यस्तो मोटरबाइक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bmw-motorrad2जर्मनी, २९ कात्तिक । नयाँ पुस्ताको रोजाइलाई ध्यान दिएर जर्मन अटो मेकर कम्पनी बीएमडब्ल्यूले नौलो प्रकारको मोटरबाइक निर्माणका लागि योजना बनाएको छ ।

मोटरसाइकल भन्नासाथ असुरक्षित सवारी साधन मानिन्छ । किनकि सामान्य लापरवाहीका कारण पनि ढल्ने भएका कारण यसबाट हुने दुर्घटनाले मानवीय क्षति बढाउँछ ।

‘बीएमडब्ल्यू’ले मोटरसाइकलमा रहेको यही कमजोरीलाई हटाउने गरी आफ्नो योजना बनाएको हो । उसले नढल्नेखालको मोटरसाइकल बनाउने तयारी गरेको समाचारमा उल्लेख छ ।

यो नयाँ डिजाइने गरेर बनाउन लागिएको मोटरसाइकलबाट मानवीय क्षति हुने छैन । सोही विषयलाई ध्यन दिएर मोटरबाइक निर्माण गर्न लागिएको हो ।

‘बीएमडब्ल्यू’ले तयार पारेको योजना अनुसार मोटरसाइकल तयार हुने हो भने त्यो मोटरसाइकल कुनै पनि हालतमा ढल्दैन ।

बाइकको नाम ‘मोटोरेड भिजन १००’ राखिएको छ । – एजेन्सी