१ कार्तिक २०८३, आइतबार

देशभर विरोध भएपछि यसरी रोए भारतीय प्रधानमन्त्री मोदी!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modi-mनयाँ दिल्ली, २८ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार गोवाको पणजीमा एक विशाल सभालाई सम्बोधन गर्नुभएको छ ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गर्नुभयो ।

पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उहाँले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणाको पक्षमा बोल्नुभएको थियो

कसैले सुइको साइनोसमेत नपाएको अनअपेक्षित रूपमा आएको सरकारी उक्त निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

यस्तै अवस्थालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिनुभयो ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गर्नुभयो ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उहाँले बताउनुभएको छ । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उहाँले बताउनु भएको छ । – एएफपी