
न्युयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा एक हलिउड अभिनेत्री नांगिएकी छन् ।
ट्रम्पको विरोध गर्ने हलिउड अभिनेत्री एमिली राताज्कोस्की हुन् ।
अमेरिकाका सारा जनताले ट्रम्पको जीतलाई स्वीकार नगरेका बेला एमिली शुक्रबार इन्स्टाग्रामबाट नग्न तस्वीर सार्वजनिक गर्दै ट्रम्पको विरोध गरिन् । २५ वर्षीय लण्डनमा जन्मिएकी अमेरिकी स्टारले फूलले आफ्नो स्तन छोपिएको एक तस्वीर सार्वजनिक गरेकी थिइन् । फोटो क्याप्सनमा लेखेकी छन्- ‘माई बडी माई च्वाइस’ ।
एमिलीले ट्रम्पको विरोधमा आफ्नो टपलेस फोटो सेयर गरेको बताएकी छिन् । एमिलीको यो विरोध नवनिर्वाचित राष्ट्रपति ट्रम्पको एक अडियोमा देशका महिलाका लागि आपत्तिजनक शब्द भनेपछि सुरु भएको हो ।
एमिलीका साथै देशका अन्य महिलाहरुको पनि उनीविरुद्ध रोष पैदा भएको छ । ट्रम्पको महिलाप्रति जुन रवैया छ, त्यसलाई देखेर एमिलीले आफ्नो यो फोटोसुट गरेको बताएकी छन् ।


















प्रतिक्रिया