१ कार्तिक २०८३, आइतबार

बेलाको बोली: अझै किन बन्द गर्छौ, जनघाती स्यालहरु ?

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sargam-bhatrai– सरगम भट्टराई

बन्द गर तिम्रा आँखा, बन्द गर झ्यालहरु
अझै किन बन्द गर्छौ, जनघाती स्यालहरु ?

गरीबले खाने के हो बताईदेऊ न ब्वाँसाहरु,
जनताको मुख थुनी, किन काढ्छौ  र्यालहरु ?

बन्द किन बिकल्प भो कहाँ गए ख्यालहरु ?
कस्तो क्रान्ति गर्छौ फेरि बिगारेर हाल हरु ?

कायर बनी टायर बाल्ने हातहरु कीरा परून,
बगाएर लगून् तिम्लाई सुनामीका छालहरु !!