काठमाडौं, १९ भदौ । सडक विस्तारमा सरकारलाई असहयोग गर्ने कूटनीतिक नियोगबाट जग्गा बिक्री गर्दासमेत राज्यका नियम, निर्णय अवज्ञा भएको छ ।
राजधानीस्थित फ्रान्सेली दूतावासले कर्मचारीसितको मिलेमतोमा नियमानुसार छाड्नुपर्ने जग्गा नछाडी बिक्री गरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र भूमिसुधार विभागले छानविन थालेका छन् ।
फ्रान्सेली दूतावासले विशालनगरस्थित १९ रोपनी १२ आना दुुई पैसा कम्पाउन्डमा रहेको भवन र जग्गा सरकारी नियमविपरीत बिक्री गरेको खुलेपछि छानबिन प्रक्रिया अघि बढेको हो । उक्त मूल्यवान अचल सम्पत्ति मुक्ति श्री टावरको नाममा नामसारी भएको हो । कम्पनीका मालिक अजय सुमार्गी त्यही भवनमा बस्न थालेका छन । त्यहाँ बिक्री भन्दा पहिले फ्रान्सेली राजदूतको बसोबास थियो । फ्रान्स सरकारले राजदूत निवास बेचेर ६३ करोड रुपैयाँभन्दा बढी रकम लगिसकेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
















प्रतिक्रिया