३ कार्तिक २०८३, मंगलबार

२ घण्टाको फरकमा श्रीमान-श्रीमतीको मृत्यु, एउटै चितामा दाहसंस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dead-body-on-the-track-sucide

काठमाडौं, १९ भदौ । श्रीमान र श्रीमतीको एकै समयमा मृत्यु भएको घटना विरलै सुनिन्छ । पवर्तको बाजुङमा भने श्रीमान वितेको दुई घण्टामा श्रीमती पनि बितिन् । बाजुङ ९ का ९१ वर्षीय रुद्रबहादुर विक र ८१ वर्षीया छलिदेबीको एकै दिन मृत्यु भएपछि दाहसंस्कार पनि एउटै चितामा गरिएको छ ।

श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलिदेबी पनि सँगसँगै मर्ने हो भन्दै चार दिनदेखि खाना नखाई बसेकी थिईन । म श्रीमानसँगै मर्ने हो, उहाँको मृत्यु भएमा एक्लै बस्न सक्दिन भन्दै खाना नै नखाई बस्नुभएको थियो स्थानीय भक्त कुवँरले भने, चाहेजसरी नै दुई घण्टाको फरकम मृत्यु भयो । रुद्रबहादुरको मंगलबार बिहान साढे १० बजे मृत्यु भएको थियो भने छलिदेवीको साढे १२ बजे मृत्यु भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार  छ ।