१ कार्तिक २०८३, आइतबार

साउदी अधिराजकुमार टुर्कीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prince Turki Al Faisal of Saudi Arabia speaks on Saudi issues in Washington

रियाद (साउदी अरब), २८ कात्तिक । साउदी राजा सलमानका भाइ अधिराजकुमार टुर्कीविन अब्देल अजिजको निधन भएको राजदरबारबाट शनिबार जारी विज्ञप्तिमा जनाइएको यहाँको एसपिए न्यूज एजेन्सीले बताएकोे छ ।

अधिराजकुमार टुर्की साउदी अधिराज्यका संस्थापक पिता किङग अब्दुल अजिजविन साउद र माता हासावन अहमद सुदैरीका कोखबाट सन् १९३४ मा जन्मनुभएको थियो ।

टुर्कीले सन् १९६८ देखि सन् १९७८ मा साउदीको उप–रक्षामन्त्रीका रुपमा समेत काम गर्नुभएको थियो ।

उहाँको शनिबारै अन्त्येष्टि गरिएको दरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साउदी राजा सलमानले अधिराजकुमारको मृत्युपछि शनिबार बेलुकादेखि तीनदिनसम्म समवेदना सन्देश ग्रहण गर्नुहुने राजदरबार स्रोतले जनाएको छ । – एएफपी