काठमाडौं । गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्षझैं यसपाली पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गरेको छ ।
फाउण्डेशनले शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भव्य समारोहका बिच विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गरी एक स्रष्टालाई संगीतकर्मी सम्मान तथा ७ जना पत्रकारलाई संगीत पत्रकारिता सम्मान प्रदान गरेको छ। राष्ट्रिय धुनबाट शुरु भएको कार्यक्रममा यस वर्षको विन्ध्यवासिनी संगीतकर्मी २०७३ बाट ख्यातिप्राप्त गीतकार डा. कृष्णहरी बराललाई सम्मानित गरिएको छ। गीतकार डा. बरालले गीत रचनामार्फत सांगितीक क्षेत्रको श्रीबृद्धीका लागि पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै ५० हजार १ रुपियाँसहित सम्मान अर्पण गरिएको हो। सोही अवसरमा सम्मानित गीतकार डा. बरालको सम्मानमा उनैद्धारा रचित तथा शोभा पाण्डेद्धारा स्वरबद्ध शंका नामक गीति अडियो एल्बमसमेत सार्वजनिक गरियो।
कार्यक्रममा पत्रकारिताका माध्यमबाट संगीत क्षेत्रको विकासमा योगदान गरेवापत पत्रकार तथा सञ्चारकर्मीहरु सामिप्य तिमलसेना, सन्तोष भट्टराई, अशेष अधिकारी, अनुषा पौडेल, गीता अधिकारी, सुरज पौडेल र एमपी सुब्बालाई यस वर्षको विन्ध्यवासिनी संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ।

आफ्ना कार्यक्रममार्फत सामाजिक सेवासमेत गर्ने क्रममा २०७० सालमा पहिलो कार्यक्रमस्वरुप सत्य स्वरुपराज आचार्य एकल साँझ आयोजना गरी भक्तराज संगीत प्रतिष्ठानलाई १५ लाख रुपियाँ सहयोग उपलब्ध तथा २०७१ सालमा विमल डांगी एकल साँझ आयोजना गरी डोल्पा र स्याङजाका ४ विपन्न तथा अहसाय बालबालिकालाई अध्ययनमा सहयोग पु¥याँदै आएको फाउण्डेशनले यसपटकको कार्यक्रममा दुबै मृगौलाले काम गर्न छोडी जीवन मरणको दोसाँधमा गुज्रिरहेका पशुपति म्युजिकका सञ्चालक तथा संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपणमा सहयो पु¥याउने उद्येश्यले उपचार सहयोग रकम उपलब्ध गराएको छ। ‘फाउण्डेसनका आजीवन सदस्य र साधारण सदस्यका साथमा शुभेच्छुकहरुबाट प्राप्त १ लाख ५२ हजार ६ शय ७ रुपियाँमा विन्ध्यवासिनी म्युजिक कम्पनीले १ लाख ५८ हजार रुपियाँ थप गरी ३ लाख १० हजार ६ शय ७ रुपियाँ उहाँलाई सुुम्पिएका छौँ’ फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले भन्नुभयो।
सोही अवसरमा फाउन्डेशनकै आयोजनामा आगामी मंसिर २४ गते शुक्रबार राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुने सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ को कुल ३१ विधाको मनोनयन सूचि सार्वजनिक गर्दै मनोनयनमा पर्ने गायक गायिका, गीतकार, संगीतकारलगायतलाई मनोनयनपत्रसमेत प्रदान गरियो ।
नयाँदेखि पूराना हस्तीहरुसमेतको सहभागीतमा सम्पन्न कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले यसखाले उपस्थितिबाट हौसिएको जनाउँदै यसै वर्ष संगीतकार संघ नेपालले संगीतकर्मी सहायता कोष खडा गर्ने हेतुले आयोजना गरेको देउसी भैलो कार्यक्रममा फाउण्डेशनका तर्फबाट ५० हजार रुपियाँ प्रदान गरिएको जानकारी गराउनुभयो। कलाकार तथा सञ्चारकर्मी नरेश भट्टराईद्धारा सञ्चालित कार्यक्रममा विभिन्न कलाकारले गीत संगीत तथा नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गरेका थिए। अवार्ड समारोह शैलीकै भव्य साज सज्जाका साथ सम्पन्न कार्यक्रममा आनन्द कार्की, रामकृष्ण ढकाल, रामचन्द्र काप्mले, जुनु काप्mले, मञ्जु पौडेल, मौसमी गुरुङ, अर्पणराज गिरी, सुमन सरगमलगायतका गायक गायिकाले गीत संगीत प्रस्तुत गरेका थिए भने रश्मी तामाङले नृत्य र जितु नेपालले कमेडी प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए।
सातौं संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड २०७३ मो मनोनयन सूचि
सर्वोत्कृष्ट गीत सुगम संगीततर्फ
१ मरेर जल्छु , सुरेन्द्र महर्जन “अमर”
२ रितु हेर्ने , पद्मा लिंखा मगर
३ आशु लुकाई , करिश्मा घम
४ उडाई लग्यो सपना , विप्लप खड्का
५ नदेखु भन्छु , सुदिप रेग्मी
सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष)
१ कथाले मागे पछी , सुजन तिगेला लिम्बु
२ ओई झुमा झुम्कावाली , प्रमोद खरेल
३ माया मैले तिमीलाई , विश्व नेपाली
४ रितु हेर्ने , राजेश पायल राई
५ नमिलेका दाँत तिम्रा , रुपक डोटेल
सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला)
१ तिमि भन्छ्यौ भने , टिका प्रसाई
२ आशु लुकाई , मेलिना राई
३ नदेखु भन्छु , रजीना रिमाल
४ मनको दैलो खोलि , अन्जु पन्त
५ निभ्नै लागेको दियो जस्तै , श्रीयासी चेम्जोङ लिम्बु
सर्वोत्कृष्ट संगीत ( सुगम संगीत )
१ आशु लुकाई , राजेश थापा
२ जब साझ , डी.आर.अटु
३ ओई झुमा , अर्जुन पोख्रेल
४ गाजालु आँखा , राम सिटौला
५ निभ्नै लागेको दियो , राजकुमार बगर
सर्वोत्कृष्ट रचना (सुगम संगीत)
१ आकाशको तारा , सुरेन्द्र महर्जन अमर
२ मायालु मुहार , रोशन भट्टराई
३ तिम्रो लागि , बिबस गोदार गुप्ता
४ एउटा एस्तो भिड छ , योगेन्द्रमणी दाहाल
५ धुजा धुजा पारी , राजकुमार बगर
सर्वोत्कृष्ट एल्बम ( सुगम संगीत)
१ मुटु , करिश्मा घ म
२ अमर , सुरेन्द्र महर्जन
३ अक्षता , रोशन भट्टराई
४ स्वरान्तर , सानुबाबु महर्जन
५ नजर (२ , पद्मा लिंखा मगर
सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजन)
१ सुदिप सागर , तिम्रो संसार
२ सन्जिब बराईली , हिमालमा
३ जुगल डंगोल , अन्मिएर गयौ
४ कमल सौराग , तिमि संगै जिउछु मर्छु
५ बिजेश्वर तन्डुकार , तिमि बिना एक्लोपन
सर्वोत्कृष्ट पप गायन (पुरुष)
१ सुमन सरगम , तिम्रो मखमली जोवन
२ नबिन के भट्टराई , कामना
३ बादल प्रसाई , हिमालमा
४ सीताराम पोखरेल , होस् आज छैन
५ सन्जिब प्रधान , म र उनि
सर्वोत्कृष्ट पप गायन (महिला)
१ दुर्गा खरेल , त्यो काले काले केटाले
२ आकांक्षा बस्याल , तिमिनै खास हौ
३ मौसमी गुरुङ , अलि अलि गर्दा गर्दै
४ श्रीया सोताङ , अलि अलि
५ सुमन गुरुङ , किन किन
सर्वोत्कृष्ट संगीत (पप)
१ जुगल डंगोल , हाम्रो मिलन
२ कल्याण सिंह , हिमालमा
३ कारण राज कार्की , होस् आज छैन
४ कमल खत्री , म गीत हु तिम्रो
५ बिपुल क्षेत्री , माया
सर्वोत्कृष्ट गायन (गायक र गायिका)
१ दिपक लिम्बु र रजीना रिमाल , तिमि मेरो
२ सुरेन्द्र महर्जन र मिलन आमात्य , मनको ढोका
३ टिका प्रसाई र राजेश पायल राइ , हातैमा चुरा
४ सरोज लामा र आकांक्षा बस्याल , चोखो माया
५ इन्दिरा जोशी र लक्षु निरौला , गिलिन बाट
सर्वोत्कृष्ट लोकदोहोरी गायक
१ शिरिष देपकोटा , उधारो माया
२ मौसम गुरुङ , तिमि फुल हौ काली
३ हरि डाँगी , गुलाफको फुल
४ बद्रि पंगेनी , शिरमा ढाका टोपी
५ बिमल डाँगी , पागलै बनौला मायालु
सर्वोत्कृष्ट लोकदोहोरी गायिका
१ सिता केसी , उधारो माया
२ मिरा पोख्रेल , गुलाफको फुल
३ देवी घर्ती , मायाले मन
४ कला पंगेनी , शिरमा ढाका टोपी
५ मुना थापा , पागलै बनौला
सर्वोत्कृष्ट लोकदोहोरी भाका
१ ज्योति न्यौपाने , उधारो माया
२ रमेश श्रेष्ठ , छुट्यो मायाजाल
३ सन्तोष के बास्तोला , तिम्रो याद घटाउ
४ रामु खड्का , आज भन्दा भोलि माया
५ एकनारायण भण्डारी , पटुकी पोकोमा के होला
सर्वोत्कृष्ट लोकदोहोरी रचना
१ ज्योती न्यौपाने , उधारो माया
२ राजन ठकुरी , बाटो मोड्ने छैन
३ गणेश चौलागाई , पागलै बनौला
४ प्रलाद सुबेदी , पटुकी पोकोमा
५ एकनारायण भण्डारी , कलेजी छिनायौ
सर्वोत्कृष्ट लोकदोहोरी गीत
१ राजिब सुनुवार , माया गर्ने मान्छे
२ राजन ठकुरी , बाटो मोड्ने छैन
३ गोपी कृष्णा पंगेनी , मायाले मन बराल्छ
४ गणेश चौलागाई , पागलै बनौला
५ एकनारायण भण्डारी , कलेजी छिनायौ
सर्वोत्कृष्ट मोडल जोडी पप तथा आधुनिक भिडियोतर्फ
१ तिम्रो संसार , सनम कठायात र वर्षा राउत
२ चन्द्र जस्तै मुहार , दुर्गेश थापा, बिध्या भण्डारी
३ म मरेर के भो , उषा खनाल र ईच्छाराम परियार
४ तिमिनै आस हौ , लक्की आचार्य , दिया रिजाल
५ जो बिना एक पल , बिमल अधिकारी , बर्षा शिवाकोटी
सर्वोत्कृष्ट प्लेब्याक सिंगर मेल (पार्श्व गायन पुरुषतर्फ)
१ सुगम पोख्रेल , म एस्तो गीत गाउछु “प्रेम गीत“
२ रामचन्द्र काफ्ले , आइ लभ यु “भाग सानी भाग“
३ चिरन्जीवी भण्डारी , चट्टै मुटु काटेर “रेलिमाई“
४ राजेश पायल राइ , फुलै फुलको संसार (फुलै फुलको संसार तिमीलाई)
५ युबराज चौलागाई , हारे हारे “ क्लासिक “
सर्वोत्कृष्ट प्लेब्याक सिंगर फिमेल (पार्श्व गायन महिलातर्फ)
१ अन्जु पन्त , म एस्तो गीत गाउछु “ प्रेम गीत “
२ जुनु रिजाल काफ्ले , आइ लभ यु “ भाग सानी भाग “
३ माण्डबी त्रिपाठी , सुन्तलीलाई भगाई लग्यो झिल्केले “
४ मेलिना राइ , सुनैको हार दिन “ क्लासिक “
५ सिता सिंगक , नदुख्ने कुनै मन हुदैन “ रेलिमाई “
सर्वोत्कृष्ट चलचित्र संगीत
१ अर्जुन पोख्रेल , म एस्तो गीत गाउछु “ प्रेम गीत “
२ राजन राज सिवाकोटी , सुर्के थैली खोइ “वार्ड नम्बर ६“
३ चेतन सापकोटा , आइ लाभ यु “भाग सानी भाग“
४ सुरेश अधिकारी , फुलै फुलको मौसम तिमीलाई “
सर्वोत्कृष्ट राष्ट्रिय भावनामा ओतप्रोत गीत
१ बलिन्द्र नेम्वाङ्ग , गौतम बुद्ध
२ महेश आचार्य , आफ्नै घर सल्काएर न्यानो
३ पद्मा लिंखा मगर , एकताको गीत गाउदै
४ स्व.क्षेत्रप्रताप अधिकारी , टोपी लाए पनि हुन्छ
५ डा.रंजित झा , हाम्रो देश
सर्वोत्कृष्ट भिडियो निर्देशक (लोकदोहोरी)
१ कपिल लामा , आज भन्दा भोलि माया
२ क्रान्ती केसी , तिमि फुल हौ काली
३ शंकर बिसी , शिरमा ढाकाटोपी
४ शिब बि.क , पिरतीको डोरी
५ शंकर बिसी , उधारो माया
सर्वोत्कृष्ट भिडियो निर्देशक (सुगम संगीत)
१ सुरज श्रेष्ठ , मायालु मुहार
२ निकेश खड्का , ओइलिएर झर्न दिन्न
३ फराज अर्पण , आँखा मारेर
४ प्रनव जोसी , होस आज छैन
५ सहेन्द्र श्रेष्ठ , एउटा यस्तो भिड छ
सर्वोत्कृष्ट छायकर(क्यामेर पर्सन)म्युजिक भिडियो
१ हरी हुमागाईं , मायालु मुहार
२ सुदिप बराल , सान्नानी
३ राजेश घिमिरे , रितु हेर्ने यो नजर
४ शम्भु चालिसे , पिरतीको डोरी
५ प्रताप शिंह , होस् आज छैन
सर्वोत्कृष्ट एडिटर ( सम्पादक म्युजिक भिडियो )
१ प्रविन श्रेष्ठ , मायालु मुहार
२ टेकेन्द्र शाह , मिठो सरगम
३ निशान घिमिरे , कोपिलामै सुन हुन्छ
४ अनुप गिरी , जादैछु टाढा
५ भरत रेग्मी , होस् आज छैन
सर्वोत्कृष्ट ध्वनी मुद्रण
१ राजेश्वर ताण्डुकार , नदेखे झैँ किन
२ शाजन शाह , रितु हेर्ने यो नजरमा
३ बुद्ध सायमि , जति छाल आए पन
४ बिजय थापा , जिन्दगीले आफैलाई
५ मित्र लामा , नियतिको छालमा बग्दै
सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी तर्फ
१ गोपीकृष्ण पंगेनी , मायाले मन बराल्छ
२ सुनिता गुरुङ , पानी पानी
३ नहकुल ढकाल , रुदै मेला पातमा
४ प्रविन पौडेल , बोल हासी हासी
५ अर्पणराज गीरी , पटुकी पोकोमा के होला
सर्वोत्कृष्ट म्युजिक कम्पनी
१ निर्भाना टिभी नेपाल
२ गोर्खा चौतारी म्यूजिक प्राली
३ एसियन म्यूजिक प्राली
४ भावना सोलुसन
५ कामना म्यूजिक
सर्वोत्कृष्ट मोडल दोहोरीतर्फ
१ दुर्गेश थापा ,ऋतु बोहोरा , छुट्यो मायाजाल
२ देवेन्द्र क्षेत्री र सपना साही ठकुरी , पिरतीको इतिहास (२
३ रुपा कंडेल र महेन्द्र गौतम , तिमि र म
४ बिमल अधिकारी र सारिका केसी , आज भन्दा भोलि माया
५ अन्जली अधिकारी र शंकर बिसी , उधारो माया
सर्वोत्कृष्ट नवप्रतिभा पप तथा सुगमतर्फ
१ पुष्प राज बराल , नौनी जस्तै
२ संदेश पाठक , हाम्रो मिलन
३ सन्जिब पराजुली , झिलमिल झिलमिल
४ कमल सौराग , कस्ती भयौ होला
५ बिना राइ , नदेखे झैँ किन
सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)
१ आँसु लुकाई , करिश्मा घम
२ जिन्दगीले आफैलाई , राधिका अधिकारी
३ तिम्रो माया , बबी गुरुङ्ग निश्चल
४ निभ्नै लागेको दियो , लिला पुन समुन्द पारी
५ रितु हेर्ने , पद्मा लिंखा मगर
















प्रतिक्रिया