काठमाडौं, २७ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससँग खेलिरहेको छ ।
खेलको अन्तिम समयमा नेपालले लाओसविरुद्ध २–१ गोलले अग्रता लिएको छ । नेपालका लागि अनन्त तामाङले थपिएको अतिरिक्त पहिला समयमा हेड गरेर सिधै पोष्टमा गोल गरेका छन् ।
१८ मिनेटमा गोल खाएको नेपालका लागि बराबरी गोल विमल घर्तीमगरले ४७ मिनेटमा फर्काएका थिए ।
मलेसियाको नेगेरी रङ्गशालामा खेल जारी छ ।
















प्रतिक्रिया