मुम्बई । आदित्य कपुरको फिल्म ‘बेफिक्रे’ शूटिंग जब सुरु भएको थियो तबबाट यो चर्चामा छ । फिल्ममा रणवीर सिंह र वाणी कपूर मुख्य भुमिकामा छन् । यी दुईबीच फिल्ममा २३ वटा किस देख्न पाइनेछ । रणवीर र वाणीबीच भएको यी २३ किसको चर्चा सबैभन्दा बढी भइरहेको छ । फिल्ममेकर्स यो किस सीनलाई फिल्मको पोस्टर्सबाट पब्लिसिटी पनि खुबै गरिरहेका छन् । अब रणवीरले पनि वाणीलाई गरेको यी किसको चर्चा फिल्मको प्रमोशनका क्रममा गर्न थालेका छन् ।
रणवीर यस्ता एक्टर हुन्, जो मजाक मजाकमा केहीपनि भनिदिन्छन् । उनी कैयौपटक यस्तो बोलेका छन् कि जसलाई सुनेर लाग्छ कि आखिर एक फिल्म एक्टर यो कुरा कसरी भन्न सक्छ । रणवीरले यसपटक पनि केही यस्तै बोलेर सबैलाई आश्चर्यमा पारेका छन् । रणवीरले हालै वाणीलाई प्रश्न गरेका छन् कि उनी किस गर्नेबेला पेटको ग्यास आवाजबाट बाहिर किन निकाल्थिन् ।
अब रणवीरको यो प्रश्नको वाणीसँग के जवाफ हुनसक्थ्यो । यसकारण वाणीले मात्र रणवीरको प्रश्नमा मुस्कुराइन् । अब यो कुराको अनुमान गर्न सकिन्छ कि २३ किस दिनका लागि रणवीर र वाणीले रियलमा कति किस गरेका होलान् । यस्तोमा उनी एक अर्कालाई किस गर्ने स्टाइलबारे राम्रोसँग अनुभवी भएका होलान् । केही दिनपहिले रणवीरले वाणी किस गर्ने बेला कुनै ड्रैगन जस्ती लाग्थिन् भनेर सबैलाई आश्चर्यमा पारेका थिए ।
सञ्चारमाध्यमका अनुसार सुन्नमा आएको थियो कि रणवीर र वाणीको किस सीनमा दीपिका पादुकोणले आपत्ति जनाएकी थिइन् । दीपिका र रणवीर रिलेशनशिपमा छन् । अब कुन प्रेमिका चाहन्छिन् कि उनका प्रेमी कुनै अर्काे महिलासँग एक होइन् २३–२३ पटक किस गरोस् । फिल्म बेफिक्रे ९ डिसेम्बरमा प्रदर्शन हुँदैछ ।
















प्रतिक्रिया