१ कार्तिक २०८३, आइतबार

भारतमा मोदीलाई लाग्यो ठूलै झड्का!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-modi-sad-look

काठमाडौं, २६ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो सरकारको एउटा निर्णयबाट अप्ठेरोमा परेका छन् ।

अचानक पाँच सय र हजारको नोटमा प्रतिबन्ध लगाएका मोदीको अधिकांशले विरोध गरिरहेका छन् भने सामाजिक सञ्जालमा पनि उनी बहिष्कृत भएका छन् ।

सामाजिक सञ्जालमा लोकप्रिय र सक्रिय मोदीको यो निर्णयले ट्वीटरमा उनका फलोअर ह्वात्तै घटेका छन् । नोट प्रतिबन्ध गरेपछि उनलाई अनफलो गर्नेको संख्या तीन लाखभन्दा बढी पुगेको भारतीय मिडयाले जनाएका छन् ।

ट्वीटरको उतारचढाव मूल्यांकन गर्ने वेबसाइट ट्वीटर काउन्टरका अनुसार ९ नोभेम्बरमै उनलाई अनफलो गर्नेको संख्या तीन लाख १३ हजार पुगेको थियो ।
८ नोभेम्बर राति उनले नोटमा प्रतिबन्ध लगाएका थिए । यसले उनको लोकप्रियता कम हुँदै गएको प्रतिनिधित्व गरेको विश्लेषकहरुको भनाइ छ । भारतभरी सबैभन्दा बढी फलोअर हुने मोदी नै हुन् जहाँ २३ लाख ८० हजार फलोअर छन् ।