१ कार्तिक २०८३, आइतबार

अम्बानीका छोरासँग कटरिनाको अफयेर, तात्यो बलिउड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katrina-akash-1

मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफ र भारतका अर्बपति मुकेश अम्बानीका पुत्र आकाशबीच ‘अफेयर’ सुरु भएको खबर आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कटरिना र आकाशको अफेयरको खबरले बलिउड तातेको छ । कटरिना र आकाश केही दिनअघि एउटा पार्टीमा सँगै देखिएपछि उनीहरूबीच सम्बन्ध अघि बढेको अनुमान गरिएको हो ।

यसरी चल्यो अफेयर

दीपावलीका अवसरमा महानायक अमिताभ बच्चनले आयोजना गरेको पार्टीमा पुगेका उनीहरू एकसाथ देखिनुका साथै निकै आत्मीयताका साथ प्रस्तुत भएका थिए । पार्टी सकिएपछि त्यहाँबाट एउटै कार चढेर दुबैजना अनिल कपुरको दीपावली पार्टीमा पुगेका थिए ।

कटरिनाको एकपछि अर्को ब्रेकअप भइरहेका बेला आकाशसँगको निकटताले उनीहरूबीच ‘अफेयर’ सुरु भएको अनुमान लगाउन सकिन्छ । तर, यसबारे दुकैले मुख खोलेका छैनन् ।

रणवीर कपुरसँग ब्रेकअपपछि ‘सिंगल’ रहेकी कटरिना र आकाश उपस्थित पार्टीमा रणवीर पनि उपस्थित थिए । कटरिना अम्बानीको घरमा आयोजना हुने पार्टीमा बारम्बार पुग्ने गरेको बताइएको छ ।