१ कार्तिक २०८३, आइतबार

सरकारको सय दिन पुरा, प्रधानमन्त्री दाहालले अपरान्ह ४ बजे सम्बोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी आज अपरान्ह ४ बजे सम्बोधन गर्नुहुने भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालको नेतृत्वमा नेपाली काँग्रेसको साथ र सहयोगमा गत साउन १९ गते नयाँ सरकार गठन भएको थियो ।

सो सम्बोधनमा प्रधानमन्त्री दाहालले सरकारले सय दिनमा गरेका उपलब्धि र समसामयिक राजनीतिक अवस्थाका बारेमा सम्बोधन गर्नुहुने प्रम दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । रासस