१ कार्तिक २०८३, आइतबार

जब ओबामालाई भेट्न ट्रम्प ह्वाइट हाउस पुगे…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-trump2

काठमाडौं, २६ कात्तिक । अमेरिकी राष्ट्रपति बराक ओबामा र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विहिबार राति ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

पत्नी मेलनियासहित ह्वाइट हाउस पुग्नुभएका ट्रम्पले ओबामासँगको भेट सानदार भएको बताउनुभएको छ । त्यसक्रममा मेलनियाले प्रथम महिला मिसेल ओबामासँग भेट गर्नुभएको थियो ।

बीबीसीका अनुसार राष्ट्रपति कार्यालयमा करिब डेढ घन्टा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै ओबामाले घरेलु तथा विदेश मामिलाका बारेमा चर्चा भएको बताउनुभयो । ‘म चाहान्छु, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सफल होउन् । किनकी उनको सफलतानै अमेरिकाको सफलता हो,’ ओबामाले भन्नुभयो । उहाँले भेटवार्तामा सत्ता हस्तान्तरणका साथै विदेश नीतिबारे पनि कुराकानी भएको जानकारी गराउनुभयो ।

obama_trump

ट्रम्पले पनि भेटवार्ताका लागि ओबामालाई धन्यवाद दिनुभयो । । ‘हामीले अमेरिकाको उपलब्धिका साथसाथै चुनौतीमाथि पनि छलफल गर्यौं । म अमेरिकाको हितका लागि राष्ट्रपति बाराक ओबामासँग मिलेर काम गर्न चाहान्छु । मलाई भविश्यमा पनि उहाँको सल्लाहको जरुरत पर्छ । उहाँसँग भेट्न पाउँनु मेरो लागि सम्मानको कुरा हो । म कामना गर्छु, आगामी दिनमा समेत भेटघाट भइरहने छ,’ ट्रम्पले भन्नुभयो ।

ओबामासँग ९० मिनेट कुराकानी गरेपछि ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएको बीबीसीले जनाएको छ ।

यसअघि चुनावी अभियानका क्रममा ट्रम्पले राष्ट्रपति ओबामाका कैयौं चर्चित नीतिहरु उल्टयाइदिने बताउनुभएको थियो ।