बोइजिङ, २६ कात्तिक । छिमेकी राष्ट्र चीनले विश्वलाई चकित बनाउने गरेर अर्को ठूलो आयोजनाको काम पूरा गरेको छ ।
चीनको सिचुआन–तिब्बत राजमार्गमा करीव १७ करोड डलरको लागतमा चीनले विश्वकै अग्लो स्थान हुँदै सुरुङ मार्ग निर्माण गरेको हो । सामचार अनुसार यो सुरुङ मार्ग विश्वकै अग्लो स्थानमा बनेको दाबी गरिएको छ ।
चीनले बनाएको नयाँ सुरुङमार्गमार्फत यात्रा गर्दा तिब्बत जान दुई घण्टा कम लाग्ने छ ।
सात किलोमिटर लामो सुरुङमार्ग समुन्द्र सतहदेखि ६ हजार १ सय ६८ मिटर उचाइँमा रहेको छ । यो मार्ग ठूला हिमशिखरलाई छिचोलेर निर्माण गरिएको हो ।
सिचुआन प्रान्तको राजधानी चेंगदुदेखि तिब्बतको नगकुसम्मको यात्रा अब अप्ठेरा सडक पार गर्दै हिँड्नु पर्ने बाध्यता हटेको छ ।
सन् १९५१ मा बनेको सिचुआन–तिब्बत राजमार्ग तिब्बतमा चीनको पहला राजमार्ग मानिन्छ ।
चीनले यसअघि शिशाको पुल बनाएर विश्वलाई चकित तुल्याइ सकेको छ । उसको नयाँ सुरुङमार्गलाई विश्वले कौतुहलताका साथ लिएको समाचारमा उल्लेख छ । – एजेन्सी















प्रतिक्रिया