२ कार्तिक २०८३, सोमबार

शिवम् सिमेन्टको ‘चाँदी नै चाँदी’ योजनाको सफलतापूर्वक समापन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shivam-silver

काठमाडौं, २५ कात्तिक । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड लेयस वर्षको दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना”भारी सफलताका साथ समापन गरेको छ ।

आफ्ना उपभोक्ताहरुको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत, शिवम् सिमेन्टलेआफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्टकोखरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार प्रदान गरिएको थियो ।

भदौं १५ देखि कात्तिक २६ सम्म लागू गरिएको उक्त योजनामा ग्राहक तथा विक्रेताहरुले उत्साहवद्र्धक सहभागिता जनाई सफल पारिदिनसहयोग गरिदिनु भएकोमा कम्पनीले समस्त ग्राहक तथा विक्रेताहरुमा आभार प्रकट गरेको छ । साथै, आगामी दिनहरुमा पनि उपभोक्ताहरुका लागि यस्ता विशेष योजनाहरु ल्याउने प्रतिबद्धता कम्पनीले ब्यक्त गरेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी सिमेन्ट हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

“गुणस्तरको पहिचान हो शिवम्” तथा “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ, जस्तै : काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी । ISO,ISI, र URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ र दिइरहने प्रतिबद्घता ब्यक्त गर्दछ ।