२ कार्तिक २०८३, सोमबार

ग्लोबल आईएमई बैंक र इन्टरनेशनल फाईनान्स कर्पोरेसनबीच व्यापारिक समझदारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

golbal-ime

काठमाडौं, २५ कात्तिक । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक मेङ्गेस्तु एलिमह्युबीच भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसनबीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, इन्टरनेशनल फाईनान्स कर्पोरेसनका कन्ट्रि म्यानेजर, वेन्डि वार्नर, आवासिय प्रतिनिधी, रेहेना रासिद लागयतको उपस्थिती रहेको थियो ।

इन्टरनेशनल फाईनान्स कर्पोरेसनले विभिन्न देशमा रहेका फाईनान्सियल संघसंस्थाहरुसंगको सहकार्यमा विभिन्न संघसंस्था तथा ती देशका नागरिकहरुको लागि लगानी तथा व्यवसायीक सुझाबहरु प्रदान गर्दै आइरहेको संस्था हो ।