
काठमाडौं, २५ कात्तिक । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले १५ दिनको मोबाइल एक्सचेन्ज धमाका ल्याएको छ ।
एकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले जुनसुकै कम्पनीको मोबाइल एक्सचेन्ज गरि नयाँ मोबाइल खरिद गर्न पाउने अफर ल्याए सँगै सोरुममा मोबाइल एक्सचेन्ज गर्नेहरुको घुइँचो लागेको छ । एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गरिरहेको छ । पुरानो मोबाइलको राम्रो भ्यालु पाइने भएसँगै मोबाइल साटी नयाँ मोबाइल खरिद गर्ने मोबाइल पारखीहरुको भीड लागेको
बताउँदै प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले यो योजना १५ दिन सम्म मात्र रहने जानकारी दिए ।
एक्सचेन्ज धमाका सँगै सोरुममा ५० प्रतिशत सम्म छुटमा मोबाइलको कारोबार भइरहेको छ । निशुल्क टेम्पट ग्लास उपलब्ध गराइरहेको एप्पल वल्र्डले मोबाइल एशोसरिजमा ३५ प्रतिशत सम्म छुट दिइरहेको छ भने ६० मिनेटमै मोबाइल मर्मत गर्ने र मर्मत शुल्कमा ५० प्रतिशत छुट दिइरहेको छ ।
सोरुममा सामसुङ, एचटिसी, जेटटिई, हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी, सिजी, युएमआइ, ओबिआइ, माइक्रोसफ्ट, वान प्लस थ्रि र गुगलफोन का टचएण्ड फिल काउन्टर राखेको छ ।





















प्रतिक्रिया