काठमाडौ, १८ भदौ । संबैधानिक राजनीतिक संबाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्राईले भदौ २१ गते भित्रमा संविधानका विवादित विषयमा सहमति नहुँदा पहाडै खसि नहाल्ने स्पष्ट पार्दै भदौ २१ लाई जेठ १४ को रुपमा नलिन आग्रह गर्नुभएको छ ।
सहमतिमै भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न दबाव दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्र्तगत बुधबार अध्यक्ष ऋषि धमलासँग ज्ञापन पत्र बुझ्दै उहाँले भदौ २१ गते दलहरुको प्रतिबद्धता भए पनि त्यसमा सहमति नहुँदा त्यो पहिलो संविधानसभाको जस्तो जेठ १४ र अहिलेको माघ ८ को जस्तो अवस्था नभएको दाबी गर्नुभयो ।
भट्टराईले भदौ २१ लाई हाउगुजी बनाएर प्रस्तुत गरिएको भन्दै यसमा सहमति नहुँदैमा संविधान नबन्ने अवस्था नआउने बताउनुभयो । भट्टराईले थप्नुभयो– ‘हामी भदौ २१ गतेभित्रै सहमती गर्न प्रयत्नसिाल छौ, वार्ताहरु सकारात्मक रुपमा बढी रहेको छ, दलहरुकाबीच भोली निर्णायक वार्ता हुँदैछ, यो वार्ताले सहमति जुटाउनेमा म निकै आशावादी छु ।’
भट्टराईले थप्नुभयो– भदौ २१ लाई जेठ १४ को रुपमा हेुर्न भएन् । यो पहिलको जस्तो अवस्था होइन् ।’
उहाँले शासकीय स्वरुप, राज्यको पुर्नसंरचना लगायतका जटिल विवादमा मध्यमार्गी बाटो खोज्ने गरि प्रयास भइरहेको भन्दै सरकार दिगो हुने खालेको शासकीय स्वरुप र ५ देखि १४ को विचमा प्रदेश हुने गरि प्रदेशहरुमा सहमति बन्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘सहमतिको प्रयास जारी छ । अहिले आत्तिनु पर्ने आवश्यकता छैन । अहिले हामी शासकीय स्वरुपको तीनवटा मोडलमा छलफल गरिहेका छौ, पहिलो प्रत्यक्ष निर्वाचित राष्ट्रपति, दोस्रो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र तेस्रो सुधारिएको संसदीय व्यवस्था र संसदबाटै प्रधानमन्त्री निर्वाचित गर्ने प्रणाली । यसमा हामी यस्तो मिलन विन्दु खोज्दैछौ जसले राजनीतिक अस्थिरता हट्ने गरिको विचको मध्यमार्गी बाटो अपनाउछौ ।’
भट्टराईले निर्वाचन प्रणाली र न्यायप्रणालीको विवाद टुङगिन लागेको भन्दै अहिले नै संविधान बन्दैन नबनाउने भए भन्दै आशंका गरेर नेतृत्वविरुद्ध नउत्रन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘अहिले नै दलहरुको आलोचना गर्नुहुँदैन । दलहरुको आलोचना गर्दा संविधान निर्माणका कामहरु प्रभावित बन्ने खतरा छ ।’
संघीयता मुलुक ठूलो भएर टुक्राउन भन्दा पनि जनतालाई अधिकार दिन, पहिचान दिन आवश्यक रहेको भन्दै यसलाई त्यसै रुपमा बुझेर अघि बढे सहज रुपमा सहमति हुने विश्वास ब्यक्त गर्नुभयो । भट्टराईले संघियताबाट देशलाई विकास र जनताको प्रत्यक्ष पहुँच गराउनको लागि मद्यत पुग्ने विश्वास गर्दै जनताले आफ्नो अपनत्व पाउने अधिकारको सुनिश्चितताको हुने पनि बताउनुभयो ।
नेकपा–माओवादीलाई चुनावको बेला माईनस गर्दा त्यहीँ ठूलो गल्ती भईसकेकोले अब बैद्यलाई माईनस गरेर अघि बढ् नसक्ने स्पष्ट पार्दै संविधानसभालाई असर नपर्ने गरि अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले माओवादीले अघि सारेको ८ बुँदे प्रस्ताव सकारात्मक रहेको भन्दै भदौ २१ गते अघि सहमति हुन नसके त्यसपछि पनि सहमति गरेर अघि बढ्न सक्ने तर्क गर्नुभयो ।
















प्रतिक्रिया