काठमाडौं, २५ कात्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रभावले नेपाली बजारमा लगातार अमेरिकी डलरको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १० पैसाले घटेको डलर मूल्य विहिबार ४० पैसाले घट्दै १ सय ६ रुपैयाँ ६० पैसामा आइपुगेको छ । बिहिबार १ सय ६ रुपैयाँ ६० पैसा बिक्रिदर रहेको अमेरिकी डलरको खरिददर मूल्य १ सय ६ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ र खरिददर मूल्य १ सय ६ रुपैयाँ ४० पैसा थियो भने, मंगलबार बिक्रीदर मूल्य १ सय ७ रुपैयाँ १० पैसा र खरिददर मूल्य १ सय ६ रुपैयाँ ५० पैसा थियो ।
















प्रतिक्रिया