काठमाडौं, २५ कात्तिक । नेपाली बजारमा विहिबार सुनको मूल्य एकैपटक तोलामा १४ सय रुपैयाँले कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ५६ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।
विहिबार चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँले कमी आएको छ । बुधबार ८ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य ८ सय ३५ रुपैयाँ कायम छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा परिवर्तन हुँदा नेपाली सुनबजारमा पनि तलमाथि भएको महासंघको भनाई छ ।
ट्रम्प सम्बोधनको असर
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधन नेपाली बजारमा पनि परेको छ । राष्ट्रपति निर्वाचित भएर अर्थतन्त्र, बजार र व्यापारी तर्साएका ट्रम्पले व्यवसायी तथा लगानीकर्ताको मन जित्नेगरी सम्बोधन गरेपछि सुनको भाउ पुरानै ठाउँमा आएको अर्थ बजारमा विश्लेषण गरिएको छ । ट्रम्प राष्ट्रपति निर्वाचित हुँदा नेपाली बजारमा बुधबार (हिजो) सुन १३ सय रुपैयाँले बढेको थियो । र उनको पहिलो सम्बोधनपछि विहिबार १४ सय रुपैयाँले घट्यो ।
















प्रतिक्रिया