१ कार्तिक २०८३, आइतबार

साउदी राजाले ट्रम्पसँग राखे यस्तो आशा, ओबामाले साथ नदिएको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

king-of-saudi-salman-trump

काठमाडौं, २५ कात्तिक । साउदी अरबका राजा सलमानले बुधबार अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उहाँलाई बधाई व्यक्त गर्दै ट्रम्पको कार्यकाल मध्यपूर्वमा देखिएको असुरक्षा तथा अस्थिरतालाई सम्बोधन गर्न सफल रहनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

“हामी महामहिमबाट मध्यपूर्वमा र विश्वभर नै सुरक्षा र स्थिरताका लागि काम गर्न सफल हुनेमा विश्वास राखेका छौँ,” साउदी राजा सलमानले बधाई सन्देशमा बताउनुभएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उहाँले दुई देशबीच रहँदै आएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धको प्रशंसा गर्दै यसमा सबै पक्षबाट भएका प्रयास अतुलनीय रहेको बताउनुभएको छ ।

साउदी नेतृत्वले वर्तमान् राष्ट्रपति बाराक ओबामा मध्यपूर्वी राष्ट्र सिरियालगायतका गृहयुद्ध अन्त्य प्रयासमा आफूलाई संलग्न बनाई यहाँको स्थिरताका लागि काम गर्न खासै इच्छुक नदेखिएको बताउँदै आएका छन् । – एएफपी