३० आश्विन २०८३, शुक्रबार

१० लाख घुस लिने सम्पत्ति शुद्धीकरणका हाकिमलाई मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatir

काठमाडौँ, १८ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अधिकृत शम्भुप्रसाद चालिसेले ललितपुरकी मुनु गुरुङविरुद्धको मुद्रामा निर्मलीकरणसम्बन्धी मुद्दा तामेलीमा राख्न रु १० लाख घुस लिएको पुष्टि भएकाले निजविरुद्ध त्यति नै रकम बिगो दाबी लिई बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अभियुक्तले केही दिनअघि ललितपुरस्थित श्रीमती गुरुङको घरबाट १० लाख घुस लिँदालिँदै आयोगको विशेष टोलीले पक्राउ गरेको थियो ।

आयोगको अनुसन्धानबाट उनी दोषी ठहरिएकाले निजविरुद्ध आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्रीधर सापकोटाले बताउनुभयो । रासस