मुम्बई । बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनीले नवनिर्वाचित रिपब्लिकन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे विवादास्पद कुरा बोलेकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपति निर्वाचनबारे प्रतिक्रिया दिने क्रममा उनले ४५ औं राष्ट्रपति डोनाल्डलाई ‘पागल’ भनेकी हुन् ।
उनले डेमेक्रेटिक पार्टीकी हिलारी क्लिन्टनलाई पनि ‘पागल’ भनेकी छन् । उनले यो निर्वाचनपछि मानिसहरु बराक ओबामालाई नै सम्झिने दाबी गरिन् । भर्खरै अमेरिकाबाट फर्किएकी सन्नीले भनेकी छन्– ‘अमेरिकामा कोही पनि निर्वाचनबारे कुरा गर्न चाहँदैनथे । हिलारी होस वा डोनाल्ड दुबैमा केही न केही कमी छ । एउटालाई पागल भन्ने हो अर्काे महापागल छ ।’
हिलारी र डोनाल्डप्रति मानिसहरुको आकर्षण नरहेको भन्दै उनले मतदाता कसलाई भोट दिने भनेर दोधारमा रहेको आफूले पाएको बताइन् ।
















प्रतिक्रिया