काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित करिब करिब निश्चित भएको छ ।
पछिल्लो मतपरिणामअनुसार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निकै पछि पारेका छन् ।
बीबीसीका अनुसार ५० राज्यमध्ये ४२ को मत परिणाम आएको छ । परिणाममा ट्रम्पले २६६ इलेक्टोरल भोट जितेका छन् भने हिलारीले २१८ भोट जितेकी छन् ।
५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ । अब ट्रम्पलाई जितका लागि मात्र ४ भोट आवश्यक छ ।
















प्रतिक्रिया