काठमाडौं, २४ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनको प्रभाव एसियन सेयर मार्केटमा पनि परेको छ ।
अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड ट्रम्प जित नजिक पुगेपछि बुधबार विहानैदेखि एसियन सेयर मार्केट ओरालो लागेको बीबीसीले जनाएको छ ।
समाचार जनाइएअनुसार एसियन सेयर मार्केट अन्र्तगत जापानको निकी ५.२ प्रतिशतले तल ओर्लिएको छ भने हङकङको हाङसेङ पनि ३.८ प्रतिशतले तल झरेको छ । त्यस्तै चीनको सांघाई कम्पोजिट पनि १.६ प्रतिशतले घटेको छ ।
साथै अष्ट्रेलियन एएसएक्स २०० पनि २.१ र दक्षिण कोरियाको कोस्पी ३.१ले घटेको बीबीसीले बताएको छ ।
















प्रतिक्रिया