३० आश्विन २०८३, शुक्रबार

भक्तपुरमा बढ्यो आत्महत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-sucide

भक्तपुर, १८ भदौ । भक्तपुरमा आत्महत्या गर्नेको सङ्ख्यामा २९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

अघिल्लो आर्थिक वर्ष २०६९/७० मा ४१ जनाले आत्महत्या गरेकामा गत आवमा ५३ जनाले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

आत्महत्या गर्नेमध्ये झुन्डिएर मर्नेको सङ्ख्या अधिक रहेको छ । ५३ जनामध्ये ३७ जनाले झुन्डिएर आत्महत्या गरेका थिए ।

त्यस्तै विष सेवन गरेर १३, आगो लगाएर एक, औजार प्रयोग गरेर एक र हाम फालेर एकजनाले ज्यान फालेको परिसरले जनाएको छ ।

आत्महत्या गर्नेमा युवतीको सङ्ख्या बढी भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले बताउनुभयो । विशेषगरी १५ देखि २० वर्ष उमेर समूहका युवतीले आत्महत्या गरेको पाइन्छ– उहाँले भन्नुभयो, “यो सम्वेदनशील विषय हो यसको निराकरण गर्न आवश्यक छ ।”

अनुसन्धानका क्रममा आत्महत्याको प्रमुख कारणमा प्रेममा धोका भएको पाइएको अधिकारीले बताउनुभयो । त्यससँगै आर्थिक कारणले पनि आत्महत्या गरेको पाइएको छ ।

साथै केही घटना क्षणभरको आवेशमा आएर भएको पाइएको उहाँले बताउनुभयो ।

आत्महत्या पनि अपराधको एउटा पाटो भएको उल्लेख गर्दै उहाँले बढ्दो प्रविधिको प्रयोगले पनि आत्महत्याका घटनामा वृद्धि गर्न सहयोग गरेको देखिएको जानकारी दिनुभयो । रासस