२ कार्तिक २०८३, सोमबार

रामेछापका ठूला योजनाहरुको अनुगमन हुन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramechap-map1– नवराज श्रेष्ठ

रामेछाप, २३ कात्तिक । रामेछाप जिल्लामा जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानीय सामाजिक संस्थाहरुले सञ्चालन गरेका योजनाहरुको अनुगमन हुने गरेका भए पनि ठूला योजनाहरुको अनुगमन हुन सकेको छैन ।

यसले गर्दा जिल्लामा सञ्चालित ठूला योजनाहरुको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ । जिल्लामा जिविस समिति तथा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका कार्यक्रमहरुको सम्बन्धित कार्यालय र संस्थाहरुले जिल्ला स्तरीय अनुगमन समिति मार्फत अनुगमन गराउने गर्दछन् । कम्तिमा पनि वर्षमा एक पटक नमुनाको रुपमा त्यस्ता योजनाहरुको राजनीतिक दल, प्राविधक तथा सरोकारवाला सहितको टोलीबाट अनुगमन गराउने प्रचलन जिल्लामा रहेको छ । तर, सडक लगायतका ठूला योजनाहरुको जिल्ला स्तरीय अनुगमन टोलीबाट अनुगमन हुने गरेको छैन । यसले गर्दा त्यस्ता योजनाहरुमा कहाँबाट कति रकम आयो । रकम कसरी खर्च भयो र कामको गुणस्तरीयता कस्तो छ भन्ने कुराको लेखाजोखा समेत हुने गरेको छैन ।

साना योजनाहरुमा पारर्दीता र गुणस्तरीयताको खोजि गरिने भए पनि सडक, पुल जस्ता विकासमा दुरुगामी प्रभाव पार्ने योजनाहरुको अनुगमन नहुँदा यसले जिल्लाको विकासमा दुरुगामी प्रभाव पार्ने देखिन्छ । यस बारेमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसँग जिज्ञाशा राख्दा जिल्लामा सञ्चालनमा रहेका ठूला योजनाहरुको गुणस्तरीयताको अनुगमन हुनु जरुरी रहेको बताए । उनले अब जिल्लामा सञ्चालनमा रहेको सबै ठूला योजनाहरुको कार्यसञ्चालन, प्रगति र गुणस्तरीयताको बारेमा जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गर्ने जानकारी दिए ।