२ कार्तिक २०८३, सोमबार

प्याराग्लाइडिङका सबै उडान सेवा बन्द

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paragaliding

पोखरा, २३ कात्तिक । नेपाल हवाई खेलकुद संस्था पोखराले आज प्याराग्लाइडिङका सबै उडान सेवा बन्द गरेको छ ।

गत शुक्रबार स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङ उडान प्रशिक्षणका क्रममा दुर्घटनामा परी शैलेश पहारीको मृत्यु भएको शोकमा प्याराग्लाइडिङका सबै उडान आज बन्द गरिएको संस्थाका अध्यक्ष सोभित बानियाँले बताउनुभयो ।

पोखराको लेकसाइड निवासी पहारीको आज पोखराको रामघाटस्थित सेती नदीको किनारमा दाहसंस्कार गरिएको छ । रासस