१ कार्तिक २०८३, आइतबार

हेलिकोप्टरबाट फिल्मको स्टन्ट गर्दा दुई एक्टरको मृत्यु, हिरो मुश्किलले बाँचे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopter

मुम्बई । भारतको बैङलोरमा एक कन्नड फिल्मको सुटिङका क्रममा दुई जना कलाकारको दुर्घटनामा परेर मृत्यु भएको छ ।

‘मस्थिगुड’ नामको फिल्मका लागि हेलिकोप्टरबाट स्टन्ट गर्ने क्रममा फिल्ममा भिलेन रोल गरिरहेका दुई जना सोमबार दिउँसो थिप्पा गोन्डन हल्ली तालमा डुबेका थिए । उनीहरु अहिलेसम्म फेला परेका छैनन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले उनीहरुको मृत्यु भइसकेको निष्कर्ष निकालेको छ ।

भिलेनसँगै हेलिकोप्टरबाट स्टन्ट गर्ने हिरो भने पौडेर बाच्न सफल भएका छन् । यी कलाकार सो तालमाथि हेलिकोप्टरबाट स्टन्ट गरिरहेका थिए ।

समाचारमा जनाइए अनुसार राघव र अनिल नामका दुई कलाकार मस्थिगुडी फिल्मका लागि हिरो विजयसँगै हेलिकोप्टरबाट तालमा छलाङ्ग लगाएर स्टन्ट गरिरहेका थिए । हिरो विजय पौडेर ढुंगा नजिक पुगेपछि उनको उद्धार भयो । तर, राघव र अनिल पानीभित्र पसेपछि बाहिर देखिएनन् ।

घटनापछि प्रहरीले फिल्मी टिमलाई नियन्त्रणमा लिएको छ । वेपत्ता राघव र अनिलको खोजी भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्ः