१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपतिमा हिलारीको समर्थनमा उत्रिए सलमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khan

मुम्बई । बलिउड अभिनेता सलमान खानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार हिलारी क्लिन्टन विजय हुने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार हुने निर्वाचनमा हिलारीले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्दैछिन् ।

सलमानले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई हिलारीको पक्षमा उभ्याएका हुन् । उनले लेखेका छन्– ‘मलाई आशा छ तपाई (हिलारी) जित्नुहुनेछ । भगवानले तपाईलाई संविधान र मानवीय मूल्यमान्यता पालन गर्ने शक्ति देओस् । शुभकामना ।’

हिलारीको समर्थनमा हलिउडका चर्चित कलाकार पनि खुलेरै लागेका छन् ।