काठमाडौं, २१ कात्तिक । कांग्रेस–माओवादी केन्द्र गठबन्धनको सरकारले अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउने गरी संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै युवाहरुले राजधानीमा प्रदर्शन गरेका छन् ।
मधेसी मोर्चाको मागअनुसार अंगीकृत नागरिकता लिएका व्यक्तिलाई १० वर्ष बसोबासपछि नेपालमा राष्ट्राध्यक्ष बनाउने प्रस्ताव सरकारले ल्याएको खबर सार्वजनिक भएसँगै आइतबार मेन्स रुम रिलोडेड तथा ट्वीटर र फेसबुक प्रयोगकर्ता युवाहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
सेतो टिर्सट लगाएका युवाहरुले ‘ज्वाईँ राजनीति बन्द गरौं’ ‘देश हाम्रो शासन हाम्रो’, ’लेन्डुपे सरकार चाहिँदैन’ भन्दै सडकमा नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा हस्ताक्षर अभियानको पनि सुरुवात गरिएको छ । प्रस्तावविरुद्धको यो हस्ताक्षर काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइने विरोध प्रदर्शनमा संलग्न युवाहरुले बताएका छन् ।
काठमाडौंका साथै आजै विराटनगर र पोखरामा पनि अंगीकृतलाई राष्ट्राध्यक्ष बनाउने प्रस्तावको विरोधमा प्रदर्शन भएको छ ।
हेर्नुस् भिडियोः



















प्रतिक्रिया