
मुम्बई । बलिउडकी आइटम गर्ल एवं सलमान खानकी भाईबुहारी मलाइका अरोराले अर्को सम्बन्ध सुरु गरेको पुष्टि भएको छ ।
केही समयअघि पति अरबाज खानसँग १७ वर्ष लामो सम्बन्ध अन्त्य गरेर अलग्गै बस्दै आएकी मलाइकाले नयाँ जोडी फेला पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले छानेको नयाँ केटा हुन बलिउड अभिनेता अर्जुन कपुर ।
उसो त मलाइका र अर्जुनबीच अफेयर चलको हल्ला यसअघि नै चलेको थियो । तर, अहिले आएर उक्त हल्ला भर्खरैको एक दृश्यले पुष्टि गरिदिएको छ । बलिउडमा मलाइका र अरवाजको सम्बन्धमा दरार आउनुको कारण पनि अर्जुन नै भएको पुष्टि पनि त्यही दृश्यबाट भएको छ ।

कुरा हो केही दिनअघि मलाइकाको घरमा अर्जुनलाई देखिनु । राति १० बजेतिर मलाइका बस्ने अपार्टमेन्ट छिरेका अर्जुन बिहान साढे १ बजे बाहिर निस्किएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी अपार्टमेन्ट छिर्दा र निस्किँदाको तस्बिर क्यामरामा कैद समेत रहेको भारतीय मिडियाको दावी छ ।
अर्जुन यसअघि पनि मुन्नी अर्थात् मलाइकाकै अपार्टमेन्ट आसपास देखा परेका थिए । अर्जुन र मलाइकाबीच सम्बन्ध गहिरिएका कारण मलाइका पति अरवाजसँग छुट्टिने अवस्थामा पुगेको बताइएको छ ।
मलाइका र अरबाजबीच १७ वर्ष अगाडि विवाह भएको थियो । केही समय अघि मात्र उनीहरु औपचारिक रुपमै अलग भएका थिए ।















प्रतिक्रिया