– रबिना बोहरा
बागलुङ, २० कात्तिक । उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द अवस्थामा रहेको उद्योगहरु सञ्चालनको तयारीमा रहेको बताउनुभएको छ ।
नेपाल वन पैदावार फर्निचर उद्योग व्यासायी संघ बागलुङको तेस्रो साधारण सभाको उद्घाटन गर्दै मन्त्री जोशीले अहिले बन्द अवस्थामा रहेका हैटौँडा कपडा उद्योग तथा नेपाल औषधी लिमीटेड सिघ्र सञ्चालनमा ल्याउने तयारी गरिएको बताउनु भएको हो ।
मन्त्री जोशीका अनुसार २०६७ साल देखी बन्द अवस्थामा रहेको नेपाल औषधी लिमीटेडबाट पहिलो चरणमा जिवनजल, सिटामोल र एल्वेन्डाजोल उत्पादन गर्नेछ । यस्तै १७ बर्ष देखी बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पनि सञ्चालनको तयारी गरिएको छ । उद्योगबाट पहिलो चरणमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, निजामती कर्मचारी र सामुदायीक बिद्यालयको विद्यार्थी पोशाक उत्पादन गरिने मन्त्री जोशीले जानकारी दिनुभयो । साथै विरगंज चिनी कारखाना र बुटवल धागो कारखाना सञ्चालनको लागि निजी क्षेत्रलाई दिने भएको छ । कारखाना सञ्चालनको लागि टेन्डर आवह्न गर्ने तयारी भएको मन्त्री जोशीको भनाइ रहेको छ ।
मन्त्री जोशीले स्थानीय रुपमा पाईने लोठ सल्लाको प्रर्वद्वन गरी वैदैशिक रोजगारीमा आकर्षित युवाहरुलाई रोक्न आग्रह गर्नुभयो । त्यसका लागि बिषेश कार्य योजना पेश गरे सरकारी तवरबाट आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो । नेपालमा कृषि र वन पैदावारको सम्भावना बढि रहेकाले उद्यमशिलता सिर्जना गरी एकद्धार प्रणालीबाट उद्यमी बनाउने जिम्मेवारी सरकारको रहेको बताउनुभयो । १२ बर्ष भित्र युवाहरुलाई नेपालमा नै रोजगारी दिलाउनका लागि अहिलेबाटै जग बनाउन लागेको जोशीको भनाई छ । समृद्ध राष्ट्र निर्माण संगै युवा र महिलाहरुलाई प्राथमिकतामा राखेर उद्यमशिल बनाउने जोशीको तर्क छ ।
















प्रतिक्रिया