१ कार्तिक २०८३, आइतबार

कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको आशंका, सरकारसँग उपचार खर्च माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujataकाठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसकी नेतृ एवम् गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई स्तन क्यान्सरको आशंका देखिएको दाबी गरिएको छ ।

शरीरमा समस्या भएपछि चेकजाँजका क्रममा कोइरालालाई स्तन क्यान्सरको आशंका गरिएको हो । स्तन क्यान्सरको आशंकामा उनको परीक्षण सुरु पनि भइसकेको छ । अन्तिम रिपोर्ट भने आइनसकेको पारिवारिक स्रोतले जनाएको छ ।

सुजाताले क्यान्सरको आशंकामा मलेशिया भ्रमणका बेला उतै चेकजाँच पनि गराएकी थिइन् । सोही बेला उनलाई स्तन क्यान्सरको आशंका गरिएको थियो ।

मलेशियाबाट फर्किएकी सुजातालाई कांग्रेस सभापति शेरबहादुर देउवाले मण्डिखाटारस्थित सुजाताकै निवासमा पुगेर भेट गरी स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिएका थिए । सो क्रममा देउवाले सहानुभूति दिँदै उपचारबाट निको हुने ढाडस दिएको एक कांग्रेसी नेताले बताए ।

सभापति देउवाले सुजाताको उपचार खर्च सरकारले व्यहोर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुरा गर्ने आश्वासन समेत सोही बेला दिएका थिए । त्यसपछि सरकारले सुजाताको उपचार खर्च व्यहोर्ने तयारी सरकारले थालेको थियो ।

सरकारी सहयोगसँगै कांग्रेस नेतृ कोइराला उपचारको लागि सिंगापुर जाने भएकी छिन् । सुजाता छिट्टै सिँगापुर जाने तयारीमा छिन् । अहिले सुजाताले घरमै आराम गरिरहेकी छिन् ।

सरकारसँग नेतृ कोइरालाले १ करोड उपचार खर्च माग गरेको स्रोतको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा पनि सुजाताको उपचार खर्चबारे छलफल भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सुजातालाई स्तन क्यान्सरको आशंका भएपछि उनका शुभेच्छुकहरूले चिन्ता जनाएका छन् । विपी कोइराला, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, मनीष कोइराला सबैलाई क्यान्सर रोग लागेको थियो । सुजातालाई पनि स्तन क्यान्सर देखिएको आशंका गरिएको छ ।