२ कार्तिक २०८३, सोमबार

सभाहल बनाउन दाङमा मध्यपश्चिम क्षेत्रीय महोत्सव हुँने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dang-tulsipur– शरद रेग्मी

दाङ, २० कात्तिक । दाङमा मध्यपश्चिम क्षेत्रीय व्यापारिक तथा पर्यटन एवम् औद्योगिक कृषि मेला संचालन हुने भएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ १३ गतेदेखि २३ गतेसम्म क्षेत्रीयस्तरको व्यापारिक मेला संचालन हुँन लागेको हो ।

पश्चिम दाङको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको तुलसीपुर उद्योग वाणिज्य संघले मध्यपश्चिमाञ्चल क्षेत्रको उधोग, ब्यापार, पर्यटन, सूचना प्रविधि, कृषि, संस्कृतिको विकास तथा प्रवर्द्धन गर्ने र तुलसीपुरमा वहुआयामिक सभागृह निर्माण गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालले जानकारी दिए ।

यसअघि तुलसीपुर उद्योग वाणिज्य संघका मानार्थ सदस्य एवम युवा व्यवसायी यज्ञबहादुर केसीले तुलसीपुर– ९ दोघरेमा प्रदान गरेको एक करोड वरावरको जग्गामा वहुआयामिक सभागृह निर्माणार्थ व्यापारिक मेला संचालन गर्न लागेको रिजालको भनाइ छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको शनिवार सम्पन्न कार्यसमितिको नियमित वैठकले संघका अध्यक्ष रिजालको संयोजकत्वमा पाँच सय एक सदस्य मूल समिति गठन गरको छ ।