२ कार्तिक २०८३, सोमबार

युरोपमा नेपालको पर्यटन प्रर्वद्धन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourists-in-pokhara

बागलुङ, २० कात्तिक । रोजगारीका लागि २० वर्षअघि युरोप छिर्नुभएका सोम सापकोटाको भूमिका अहिले बदलिएको छ । रोजगारी, सामाजिक कामको अतिरिक्त नेपालको पर्यटन प्रवद्र्धनको अभिभारासमेत उहाँमा थपिएको छ ।

बागलुङमा जन्मनुभएका सापकोटा अहिले युरोपमा विभिन्न मुलुकमा नेपाल चिनाउने अभियानमा हुनुहन्छ ।

नेपाल सरकारले नेपाल पर्यटन बोर्डको मानार्थ जनप्रतिनिधिमा नियुक्त गरेपछि सापकोटाको व्यस्तता पनि बढेको छ । डेनमार्कमा ‘एउटा साथी नेपाल पठाऔँं’ अभियान चलाएर चाडवाड मान्न नेपाल आउनुभएका सापकोटाले आफूप्रति देशले ठूलो भरोसा राखेकोे बताउनुभयो ।

छ महिनाअघि नेपाल पर्यटन बोर्ड डेनमार्कको मानार्थ जनप्रतिनिधि भएपछि सापकोटाले पर्यटन प्रवद्र्धनका लागि योजना बनाएर कामअघि बढाउनुभएको छ । ‘सुरुमा हामीले जुन भूकम्प पश्चात् नेपाल घुम्न असुरक्षित छ, भन्ने सन्देश बाहिरी विश्वमा पुग्यो, त्यसलाई चिर्न लाग्यौँं’ सापकोटाले भन्नुभयो “नेपाल सुरक्षित छ, भूकम्प पश्चात पनि नेपालको पर्यटन चलायनमान छ, भन्ने सन्देश, सूचना प्रवाह ग¥यौं ।”

नेपालका महत्वपूर्ण पर्यटकीय सम्पदा, पदमार्गलगायतका क्षेत्र सुरक्षित रहेकोप्रति विदेशी समुदायलाई आश्वस्त तुल्याउने काम गरिएको उहाँको भनाइ छ । डेनमार्कमा नेपाल पर्यटन बोर्ड मानार्थ जनप्रतिनिधिको कार्यालयनै स्थापना गरेर सापकोटाले नेपालको पर्यटन प्रवद्र्धन, सम्पदाको प्रचारप्रचारमा उल्लेख्य भूमिका खेल्दै आउनुभएको छ । रासस