३० आश्विन २०८३, शुक्रबार

चौतारी गुल्मीमा सुबेदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalगुल्मी, १८ भदौ । प्रेस चौतारी नेपाल गुल्मीको अध्यक्षतामा शिवलाल सुबेदी चयन हुनुभएको छ । मगंलबार राती अबेर सम्पन्न जिल्ला अधिवेशनबाट उहाँ आगामी ३ बर्षका लागि चयन हुनुभएको हो ।

उहाँको नेतृत्वमा ११ सदस्य नयाँ कार्य समिति सर्वसम्वंत चयन भएको छ ।

जसको उपाध्यक्षमा अनिल खत्री, सचिवमा नारायण प्रभात मरासिनी, सह–सचिवमा टोपलाल अर्याल र कोषाध्यक्षमा शुसिला थापा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा अर्जुन भण्डारी, सुशिल श्रेष्ठ, रामकृष्ण कडेल, भुवन रायमाझी, लोक प्रसाद छन्तेल, अम्बिका आचार्य दुर्गा बिश्वकर्मा रहनु भएको छ ।

अधिबेशनमा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, उपाध्यक्ष मुकेश पोखरेल, महासचिव माधव नेपाललगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी अञ्चलका जिल्ला अध्यक्षहरु,लुम्बिनी अञ्चल कमिटीका अध्यक्ष लगायत अन्य सदस्यहरुको पनि अधिवेशनमा उपस्थिति रहेको थियो ।

अधिवेशनको पुर्वमन्त्री समेत रहनु भएका नेकपा एमाले केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।