१९ कार्तिक २०८३, बिहिबार

उत्तर र दक्षिण सीमालाई सडक सञ्जालले जोड्ने सरकारको प्राथमिकता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekha-ji

धनगढी, १९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उत्तर र दक्षिण दुई वटै मित्रराष्ट्रका सीमानासँग नेपाललाई जोड्नमा आफ्नो प्राथमिकता रहेको बताउनुभएको छ ।

पर्यटन व्यवसायीको सङ्गठन (नाटा) सुदूरपश्चिम क्षेत्रीय सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा मन्त्री लेखकले मन्त्री लेखकले ती सीमा नाकासम्म नेपाललाई सडक सञ्जालले जोड्न सके देश छिट्टै समृद्धिको बाटामा जाने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयसम्म पनि वातावरणीय प्रभावको अध्ययन नभएका कारण सेती लोकमार्ग र खुटिया –दिपायल द्रुतमार्ग लगायत सडकको निर्माण अघि बढ्न नसकेकामा अब ती समस्या समाधान भै निर्माण अघि बढाइएको जानकारी दिनुभयो ।

सो अवसरमा सांसद प्रेम आले मगरले सरकारले सुदूरपश्चिमको विकासमा उपेक्षा गरेको गुनासो गर्दै खुटिया दिपायल द्रुतमार्ग निर्माण हुन सके सुदूरपश्चिमको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने बताउनुभयो । रासस