सुनसरी, १८ भदौ । कोशी राजमार्गअन्तर्गत सुनसरीको इनरुवामा ट्रकको ठक्कर एकजनाको मृत्यु भएको छ ।
भारतको मेघपुर घर भई हाल इनरुवा ५ स्थित मामा घरमा बस्दै आएका १५ वर्षका अस्लम मोहमद को बुधबार बिहान ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
बिहान करिब पौने ४ बजेतिर ना ४ ख १८०२ नम्बरको ट्रकले उनलाई किचेको हो ।
उनी बिक्रीका लागि झुम्का बजारमा भैंसीका पाडाहरु बेच्न ल्याउँदै गर्दा उनलाई ट्रकले किचेको हो । इनरुवा ३ मा उनलाई ठक्कर दिँदा उनीसहित एउटा पाडो पनि मरेको छ ।
ट्रकको ठक्करबाट २ वटा पाडा घाइते भएको पूर्व क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
काभ्रे मेचेपौवा ४ स्थायी घर भएका २५ वर्षीय ट्रक चालक किशोर रायमाझीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
















प्रतिक्रिया