काठमाडौं, १९ कात्तिक । डिभी भर्ने अन्तिम वर्ष भन्दै देशभरका नेपालीलाई बजारका पसलवालाहरुले भ्रमणमा पारिरहेका बेला काठमाडौंस्थित अमेरिकी राजदूतावासले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
अमेरिकी दूतावासले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक धारणामा डाइभर्सिटी भिसा (डिभी)को लागि नेपालीले आवेदन दिन पाउने यो वर्ष अन्तिम नभएको प्रष्ट पारिएको छ ।
‘केही ठाउँहरुमा नेपालीहरु डाइभर्सिटी भिसा (डिभी)को लागि योग्य हुने यो अन्तिम वर्ष हो भन्ने हल्ला सुनिन आएको तर यो एकदमै निराधार र असत्य सूचना हो,’ दूतावासले भनेको छ ।
दूतावासका अनुसार सन् २०१८ का लागि कात्तिक २२ गते (नोभेम्बर ७) सम्म नेपालीहरुले आवेदन दिन सक्नेछन् ।













प्रतिक्रिया