३ कार्तिक २०८३, मंगलबार

वीरगञ्ज भन्सारमा आगलागी, २० करोड बढी क्षती भएको अनुमान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

birgang-godam

वीरगञ्ज, १८ भदौ । वीरगञ्‍ज भन्सार कार्यालय परिसरको गोदाममा बुधबार बिहानै भीषण आगलागी भएको छ ।

उक्त भीषण आगलागी जिल्ला प्रहरी कार्यालय, सीमा सुरक्षा बल, नेपाली सेनाको वरख गण र उपमहानगरपालिका कार्यालयको अग्नी नियन्त्रक टोलीले नियन्त्रणमा लिएका छन् ।

करिब बिहान दुई बजेदेखि गोदाममा आगलागी भएको थियो ।

यसरी आगलागी भएको आठ घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाट कति क्षति भयो भन्‍नेबारे यकिन तथ्‍याङ अझै आउन सकेको छैन ।

सर्ट सर्किट भएर आगालागि भएको हो । फलामको पाताबाट बनाइएको करिब दुई सय मिटर लामो गोदामको पश्‍चिमपट्टीबाट शुरु भएको आगोको धुँवा बन्द गोदामभित्र पुरै फैलिएको थियो ।

गोदामभित्र सूर्यमुखी तेल, रेफ्रिजरेटरमा प्रयोग हुने ग्याँस भरिएका सिलिण्डर, कपडा, महँगा मोटरसाइकल, कम्प्युटर पार्टस्, म्युजिक सिस्टमलगायत २० करोड रुपैयाँभन्दा बढीका सामान भण्डारण गरिएका थिए।