
घोराही, १९ कात्तिक । दाङ जिल्लाको तलसीपुर नगरपालिकामा ८० वर्षीया वृद्ध महिला बलात्कृति भएकी छिन् ।
वृद्धा महिलालाई बलात्कार गरेको प्रहरीमा जाहेरी परेपछि बिहीबार राति करीव नौँ बजे तलसीपुर नगरपालिका– ९ बस्ने ४५ वर्षीय कुमारनाथ योगीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
८० वर्षीया वृद्धा महिलालाई करणी गरेको उजुरी पाउनेवित्तिकै खट्टिएको प्रहरी टोलीले योगीलाई पक्राउ गरेको थियो ।
योगीको यो कार्यको सबैले आलोचना गरेका छन् । उनलाई अहिले समाजमा मुख देखाउन पनि समस्या भएको आफन्तहरूको भनाइ छ ।












प्रतिक्रिया