१ कार्तिक २०८३, आइतबार

बलिउड अभिनेता रणबीर सिंहले किन खाए २१ थप्पड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranbir-singएजेन्सी । डाइरेक्टेड फिल्म ‘बेफिक्रे’को टाइटल गीत हालै रिलिज भएको छ ।

यस गीतमा फिल्मका नेतृत्व जोडा रणबीर सिंह र वाणी कपुर एक अर्काको लाइब्रेरीको स्ट्रिपिङ, फुटबल खेलबाट बल चोर्ने तथा मालबाट चड्डी चोर्ने चेतावनी दिन्छन् र पुरा पनि गरिरहेका देखिन्छन् । गीतको एउटा सीनमा रणबीर सिंह रुपैयाँको लागि थप्पड खाइरहेका पनि देखिन्छन् ।

भारतीय मिडियाका अनुसार रणबीरले यो एक सीनको लागि रियलमै २१ थप्पड खानुपर्यो । जानकारहरुले भनेका छन् ‘मेथड एक्टर हुनाले रणबीरले सीनलाई पूर्ण बनाउनको लागि साँच्चै नै थप्पड खाने फैसला गरेका थिए ।’

बरु पहिले नै यो तय भएको थियो कि सीनमा केही जुनियर आर्टिस्टले रणबीरलाई थप्पड हान्ने एक्टिङ गर्नेछन् । तर रणबीरले ती जुनियर आर्टिस्टलाई जोरले थप्पड हान्नको लागि भने ताकि उनको गालामा साँच्चै नै थप्पड खाएको मान्छेको जस्तो देखियोस् ।

डिसम्बर ९ को दिन रिलिज हुन लागेको फिल्ममा रणबीर पहिलो चोटी आदित्य चोपडाको निर्देशनमा काम गरिरहेका छन् । त्यहि यस फिल्ममा पहिलो चोटी नै उनको जोडी वाणी कपुरसँग भइरहेको छ ।

यस्तै मस्तीले भरिएको फिल्मपछि रणबीर एक पल्ट फेरि संजय लिला भंसालीको पीरियड ड्रामा फिल्म पद्मवतीमा अलाउद्यीन खिलजीको भुमिका निभाइरहेका छन् ।

हेर्नुस् भिडियोः