१९ कार्तिक २०८३, बिहिबार

धरानमा बीच बजारमै युवकको कुटीकटी हत्या, चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सुनसरी, १९ कात्तिक । धरानमा एक युवकको बीच बजारमै एक युवक निमर्मतापूर्वक हत्या भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धारिलो हतियार तथा बियरको बोतल प्रहार गरी ज्यान मारेको अभियोगमा धरान उपमहानगरपालिका–४ बस्ने १६ वर्षीय प्रशान्त कार्की, १६ वर्षीय संजिब बिक, २३ वर्षीेय रमेश बराईली र १९ वर्षीय संजय राईलाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–४ स्थित लक्ष्मी चोकमा बिहिबार सोही उपमहानगरपालिका–१३ बस्ने १७ बर्षीय रोजन ताम्राकारलाई सामान्य वादविवादमा ४–५ जनाको समूहले धारिलो हतियार र बियरको बोतल प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपा पठाइएकोमा उपचारको क्रममा ताम्राकारको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।