काठमाडौ, १८ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको लगानी रहेको माछापुच्छ्रे हर्वल प्रालिको आठ लाख २१ हजार एक सय ८० रुपैयाँको चेक बाउन्स भएको छ ।
पाँचथर भारपाका गजेन्द्र इधिंगोलाई जडिबुटी प्रशोधन सम्बन्धी काम गर्ने हेटौडाको उक्त कम्पनीले दिएको चेक बैंकमा रकम नभएर तीन पटकसम्म फिर्ता भएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
कम्पनीकी प्रवन्ध निर्देशक तथा खनाल पत्नी रविलक्ष्मी चित्रकारले दिएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक हेटौंडाको खाताबाट काटिएको ०६६००६१०१००००९८६८०००००१ नम्बरको चेक एसबीआई बैंक विर्तामोडबाट साट्न खोन्दा रकम नै नभएको पाईएको हो ।
कम्पनीका प्रतिनिधि इधिंगोले लौठसल्ला विक्रिवापत गत साउन ३ मा चेक लिएका थिए ।
















प्रतिक्रिया